आइतबार, मंसिर ७, २०८२

कुनै समय रणवीरको नामको ट्याटु लिइ घुम्ने गर्थिन् दीपिका, रणवीरको एक गल्तीले टुट्याे सम्बन्ध

मेरोन्यूज २०७९ माघ ७ गते १५:०६

भनिन्छ की जहाँ माया हुन्छ त्यहाँ झगडा पनि । तर यस विषयमा बलिउड अलि फरक छ, यहाँ प्रेम र झगडा पछि जोडीले आफ्नो बाटो नै अलग गर्न पनि समय लगाउँदैन । बलिउडमा कयौँ पटक यसरी अलग भएका जोडी चर्चामा आउने गर्दछन् ।

दीपिका पादुकोन र रणबीर कपूर पनि एक समय एकअर्काकाे प्रेममा थिए । तर कुनै कारणले यिनीहरु अलग भए ।

यस्ताे थियाे दीपिका र रणवीरको प्रेमकथा ।

रिपोर्ट्सका अनुसार रणबीर-दीपिकाको पहिलो भेट उनका मेकअप म्यानले गराएका थिए र यहीँबाट उनीहरुको प्रेम कहानी सुरु भएकाे थियाे । रणवीर कपुर र दीपिकाको मेकअप म्यान एउटै थिए । वास्तवमा, संयोग थियो कि दीपिका पादुकोणको ओम शान्ति ओम र रणवीरको सावरिया एकैदिन फिल्म रिलिज भएको थियो ।

यो पनि भनिन्छ कि रणबीर र दीपिका ‘बचना ए हसीनों’ फिल्मको सुटीनका दौरान एकअर्कासँग बढी नजिकिएका थिए । खबर अनुसार दिपीका रणविरको मायामा पागल थिइन् । उनले आफ्नो गर्दनको पछाडी रणबीरको नामको ट्याटू नै बनाएकी थिइन्।

तर २०१० मा जब यी दुइको ब्रेकअप भयो तब फ्यान हरुलाइ ठुलो झटका लाग्यो । त्यसपछि दीपिकाले आफ्नो सम्बन्धको खुलासा गरिन् ।

दीपिकाले भनिन्, ‘मैले उसलाई रंगे हात समातेकी थिए । र त्यही समय नै सबै भावनाहरु बिर्सेर अलग हुने निर्णय लिए । म सम्बन्धमा हुदाँ कयौंले भनेका थिए उसले मलाइ धोका दिइरहेको । पछि मैले पनि थाहा पाए तर उसले ब्रेकअप नगर्न रिक्वेस्ट गरेपछि मैले उसलाइ दोस्रो मौका दिएकी थिए । तर सायद त्याे मेरो भुल थियो ।’

दीपिकाले भनिन्, जब उसले मलाइ पहिलो पटक धोखा दियो तब लाग्यो कि सायद हाम्रो सम्बन्धमा केहि कमि थियो होला । तर धोका दिने कसैको बानी लागेको हुन्छ भने तपाई जती प्रयासगरे पनि सम्बन्ध जोगाउन सक्नु हुन्न । ‘

दीपिका मात्र होइनन् यी कुरा रणवीरले पनि स्वीकार गरेका थिए। यसपछि दीपिकाले रणवीर सिंहसँग विवाह गरिन् र रणबीर कपूरको विवाह आलिया भट्टसँग भयो।

प्रतिक्रिया