इस्टोनियाद्वारा रुसी राजदूत निष्कासित

इस्टोनियाले रुसी राजदूतलाई निष्कासन गरेको छ । रुसले इस्टोनियाली राजदूतलाई निष्कासन गरेको बदलामा इस्टोनियाले त्यसो गरेको हो ।
रुसी पक्षको निर्णयको प्रतिक्रियास्वरूप एस्टोनियाले पनि रुसी राजदूतलाई देश छाड्न आग्रह गरेको इस्टोनियाका विदेशमन्त्री उर्मास रेइन्सालुले बताएका छन् । रुसले इस्टोनियाली राजदूतलाई निष्कासन गर्दै इस्टोनियाको कूटनीतिक प्रतिनिधित्वलाई राजदूतभन्दा तल्लो तहमा झारेको घोषणा सोमबार गरेको थियो । विदेशमन्त्री रेइन्सालुले समानताको सिद्धान्तमा इस्टोनियाका लागि रुसका राजदूतले यही माघ २४ गते स्वदेश फर्कने जानकारी दिए ।
साथै इस्टोनियाले रुसलाई तालिनमा रहेको आफ्नो दूतावासमा कूटनीतिक कर्मचारीको सङ्ख्या यही माघ १ गतेदेखि आठमा सिमित गर्न आदेश दिएको छ । मस्कोमा पनि अठ जनामात्र इस्टोनियाली कूटनीतिज्ञ रहने तालिनले स्पष्ट गरेको छ ।
यसैबीच, छिमेकी इस्टोनियासँग ऐक्यबद्धता जनाउँदै लात्भियाले पनि रुसबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ । लात्भियाका विदेशमन्त्री एडगरस रिन्केभिक्सले आफ्नो देशले र रुससँगको कूटनीतिक सम्बन्धलाई यही माघ २४ गतेदेखि लागू हुनेगरी राजदूतभन्दा एकतह मुनिको कूटनीतिक कर्मचारीको स्तरमा झारेको बताएका छन्।
इस्टोनियाले रुसी राजदूतलाई निष्कासन गरेको छ । रुसले इस्टोनियाली राजदूतलाई निष्कासन गरेको बदलामा इस्टोनियाले त्यसो गरेको हो । रुसी पक्षको निर्णयको प्रतिक्रियास्वरूप एस्टोनियाले पनि रुसी राजदूतलाई देश छाड्न आग्रह गरेको इस्टोनियाका विदेशमन्त्री उर्मास रेइन्सालुले बताउनुभएको छ । रुसले इस्टोनियाली राजदूतलाई निष्कासन गर्दै इस्टोनियाको कूटनीतिक प्रतिनिधित्वलाई राजदूतभन्दा तल्लो तहमा झारेको घोषणा सोमबार गरेको थियो । विदेशमन्त्री रेइन्सालुले समानताको सिद्धान्तमा इस्टोनियाका लागि रुसका राजदूतले यही माघ २४ गते स्वदेश फर्कने जानकारी दिनुभयो । साथै इस्टोनियाले रुसलाई तालिनमा रहेको आफ्नो दूतावासमा कूटनीतिक कर्मचारीको सङ्ख्या यही माघ १ गतेदेखि आठमा सिमित गर्न आदेश दिएको छ । मस्कोमा पनि अठ जनामात्र इस्टोनियाली कूटनीतिज्ञ रहने तालिनले स्पष्ट गरेको छ । यसैबीच, छिमेकी इस्टोनियासँग ऐक्यबद्धता जनाउँदै लात्भियाले पनि रुसबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ । लात्भियाका विदेशमन्त्री एडगरस रिन्केभिक्सले आफ्नो देशले र रुससँगको कूटनीतिक सम्बन्धलाई यही माघ २४ गतेदेखि लागू हुनेगरी राजदूतभन्दा एकतह मुनिको कूटनीतिक कर्मचारीको स्तरमा झारेको बताउनुभएको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
प्रतिक्रिया