शुक्रबार, माघ १६, २०८२

भारतीय रुपैयाँ सहित ईटालियन नागरिक पक्राउ

मेरोन्यूज २०७९ माघ १० गते १२:२६

काठमाडौं । भरातीय रुपैयासहित एक इटालियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ लाख १४ हजार भारतीय रुपैयाँ सहित ईटालियन नागरिक रोबर्ट मिगानीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


ईन्डिगो एयरको उडान नम्बर ६ ई ३२ द्वारा काठमाडौंबाट दिल्ली हुँदै गोवा जान लागेका रोबर्टलाई विभिन्न दरको उक्त भारतीय रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो ।


उनलाई आवश्यक कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ ।

प्रतिक्रिया