आफ्नो बहिर्गमनलाई नकारात्मक नमान्न प्रधानमन्त्रीको अनुरोध

न्युजिल्यान्डका प्रधानमन्त्री जसिन्डा आर्डर्नले आफ्नो बहिर्गमनलाई नकारात्मक नमान्न अनुरोध गरेकी छन् । प्रधानमन्त्रीका रूपमा देशवासीलाई अन्तिम सम्बोधन गर्दै उनले न्युजिल्याण्डका जनतालाई आफूले कहिल्यै नबिर्सने बताइन्। जनताका कामले नै आफू आनन्दित भएको उल्लेख गर्दै उनले उनीहरू आफ्नो स्मृतिमा सधैँ रहिरहने बताए ।
वामपन्थी राजनीतिमा विश्वव्यापी प्रतीक बनकी उनले आफ्ना उत्तराधिकारी क्रिस हिप्किन्सको उपस्थितिमा गरेको बिदाई सम्बोधनमा आफ्ना भावनालाई दबाउन सकिनन्। गत आइतबार लेबर पार्टीका नेता क्रिसलाई उक्त दलका सांसदले प्रधानमन्त्रीमा सर्वसम्मतले चयन गरेका हुन् । बुधबार उनले शपथ लिने कार्यक्रम छ । निवर्तमान प्रधानमन्त्री आर्डनले आफू कतै नगएको र अझै पनि माउन्ट अल्बर्टको संसद् सदस्य हुने र राजनीतिको केन्द्रबाट टाढा नरहने बताइन् ।
बयालीस वर्षकी आर्डर्नले कोभिड–१९ को महामारी र त्यसपछिको मन्दी, क्राइस्टचर्च मस्जिदमा आतङ्वादी आक्रमण र ह्वाइट आइल्याण्ड ज्वालामुखी विष्फोटको कठिन समयमा देशको नेतृत्व गरिन् । पाँचवर्षको उनको कार्यकाल स्मरणीय रहेको निर्वाचित प्रधानमन्त्री हिप्किन्सले बताएकी छन् ।
सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि उनी विश्वकै कान्छी महिला सरकार प्रमुख भएकी थिइन् । उनले अब आफ्ना प्रेमी टेलिभिजन प्रस्तोता क्लार्क गेफोर्डसँग लगनगाँठो कस्ने बताएकी छन् । पाकिस्तानकी प्रधानमन्त्री बेनजिर भुट्टोपछि उनी उच्च पदमा रहेकै बेला आमा बन्ने विश्वको दोस्रो नेत्री भइन् ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया