फास्ट ट्र्याकको स्थलगत अनुगमन गर्न रक्षामन्त्री उप्रेतीसहितको टोली बारा आउँदै

बारा । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले बुधबार काठमाडौं–निजगढ द्रूतमार्गको स्थलगत अनुगमन गर्ने भएका छन् । बारा १ का प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीको विशेष अनुरोधमा रक्षामन्त्री उप्रेतीसहितको टोलीले बुधबार द्रूतमार्गको स्थलगत अनुगमन गर्ने तय गरेको हो ।
रक्षामन्त्री उप्रेतीसहितको टोलिमा नेपाली सेनाका प्रधानसेनापती प्रभुराम शर्मा, फास्ट ट्र्याक आयोजना टोली लगायत मन्त्रालयका विशिस्ट कर्मचारीले फास्ट ट्र्याकको स्थलगत अनुगमन गर्ने कार्यक्रम भएका छन् । टोलीले फास्ट ट्र्याकको स्थलगत अनुमगन गरेर कार्यप्रगतिबारे जानकारी लिने बताइएको छ ।
बारा १ का प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीले २०६६ सालमा शिलान्यास भएको द्रूतमार्ग १२ वर्षसम्म पनि सम्पन्न हुन नसकेको हुँदा निर्धारित समयमा तराईलाई राजधानी काठमाडौंसँग जोड्ने ७६ किलोमिटर लामो फास्ट ट्र्याक निर्माण छिटो भन्दा छिटो निर्माण सम्पन्न गराउने उदेश्यले स्थलगत अनुमगन गर्न वातावरण मिलाएको बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीका स्वकीय सचिव दमोदर मैनलीले बताए ।
सेनाका अधिकारीहरुले विक्रम संवत् २०८१ मंसिर सम्ममा निर्माण सम्पन्न गर्ने बताएको भएतापनि २०६६ सालमा शिलान्यास भएको द्रूतमार्ग १२ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया