आइतबार, माघ १८, २०८२

आगलागीबाट ५ लाख बराबरको धनमाल जलेर नष्ट

मेरोन्यूज २०७९ माघ ११ गते १६:५२

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका-२ सिमखण्ड बस्ने जाल बहादुर खत्रीको सुनकोशी ठोकर्पा कृषि पशुपंछी फर्ममा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा फर्ममा रहेका ८१ वटा खसी बाख्राहरु र फर्म पूर्णरुपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया