शनिबार, चैत २८, २०८२

हात्तीको आक्रमणबाट महिला घाइते

मेरोन्यूज २०७९ माघ ११ गते १७:४९

खरखडाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज गएका एक महिला बुधबार दिउँसो जङ्गली हात्तीको आक्रमणबाट घाइते भएकी छिन् ।

Advertisement
nepal life insurencenepal life insurence

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहका अनुसार खर काट्न निकुञ्ज गएकी लालझाडी गाउँपालिका–६ ढक्काका ५५ वर्षीया लल्लु सार्की घाइते भएकी हुन् ।

प्रहरीका अनुसार हात्तीको आक्रमणबाट गम्भीर घाइतेको बेलौरीमा उपचार भइरहेको छ । गत पुसको तेस्रो साता पनि शुक्लाफाँटा नगरपालिका–१२ मा जङ्गली हात्तीको आक्रमणबाट एक स्थानीय घाइते भएका थिए ।

निकुञ्जले मध्यवर्ती क्षेत्रका उपभोक्ताका लागि भन्दै यहाँ दुई दिन खरखडाइ खुला गरेको थियो ।

प्रतिक्रिया