बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन

काठमाडौँ । सरकारले सुर्तीजन्य कम्पनीलाई बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन दिएको छ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्माले सुर्तीजन्य कम्पनीले आफ्नो कम्पनीको चुरोट, सुर्तीको दररेटसहित विज्ञापन गरेको पाइएकाले बन्द गर्न निर्देशन दिएको जानकारी दिए ।
उनले कम्पनीले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलको बिक्रीस्थलमा आफ्नो कम्पनीको नाम र दररेटसहित चुरोट, गुट्खा र बिँडीको मूल्यसूची राखेर विज्ञापन गरेको पाइएकाले बन्द गर्न निर्देशन दिएको बताए ।
उनले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा १०, सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन निर्देशिका, २०७१ को दफा ४० र दफा ४१ तथा जनस्वास्थ्य ऐन, २०७५ को दफा ४५ विपरीत ती कम्पनीले पसल अगाडि चुरोट, गुटखा र बिँडीको नाम र मूल्यसहित पोस्टर टाँस गरेको पाइएकाले रोक्न निर्देशन दिएको बताए ।
उनले चुरोट, गुट्खा र बिँडीको मूल्यसहित पोस्टर टाँस गरिएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ को दफा १७ र जनस्वास्थ्य ऐन, २०७५ को दफा ५३ बमोजिम उक्त चुरोट कम्पनीलाई जरिवाना गरिने बताए ।
















मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया