दयाहाङका दुई फिल्म एकैदिन, ‘बिहे पास’ पनि वैशाख १ मै रिलिज हुने

काठमाडाैं। दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘बिहे पास’ बैशाख १ गते रिलिज हुने पक्का भएको छ। निर्माण टिमले सरस्वती पूजाको शुभ दिन पारेर बिहीवार फस्टलुक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
रोहित कट्टेल प्रस्तुतकर्ता रहेको यो चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन्। रोजन श्रेष्ठ निर्माता, रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको सह निर्मातामा ग्याल्जेन लामा र बालकृष्ण प्राखीन रहेका छन् ।
चलचित्रमा शिशिर वाङदेल, बुद्धि तामाङ र रबिन्द्र झा लगायतको समेत अभिनय छ ।
बिहेपासको प्रदर्शन मिति तय भएसँगै अब दयाहाङका दुईवटा फिल्म एकैदिन रिलिज हुने भएका छन्। सोही मितिमा दयाहाङ र मिरुना मगरको फिल्म ‘जारी’ को रिलिज हुँदैछ।
साथै ‘भगवत् गीता’, ‘नाई नभन्नु ल ६’, ‘प्रसाद २’ पनि रिलिज बैशाख १ गते नै रिलिज हुने लाइनमा छन्। यी सबै चलचित्रबीच रोचक भिडन्त हुने देखिएको छ ।










माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो
एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने सरकारकाे निर्णय
एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत
जेनजी सुशासन योद्धा : भट्ट परिवारको सहारा, कान्छो ढल्यो…
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलः रोहित बने ह्याट्रिक गर्ने दोस्रो बलर
प्रतिक्रिया