दयाहाङका दुई फिल्म एकैदिन, ‘बिहे पास’ पनि वैशाख १ मै रिलिज हुने

काठमाडाैं। दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘बिहे पास’ बैशाख १ गते रिलिज हुने पक्का भएको छ। निर्माण टिमले सरस्वती पूजाको शुभ दिन पारेर बिहीवार फस्टलुक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
रोहित कट्टेल प्रस्तुतकर्ता रहेको यो चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन्। रोजन श्रेष्ठ निर्माता, रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको सह निर्मातामा ग्याल्जेन लामा र बालकृष्ण प्राखीन रहेका छन् ।
चलचित्रमा शिशिर वाङदेल, बुद्धि तामाङ र रबिन्द्र झा लगायतको समेत अभिनय छ ।
बिहेपासको प्रदर्शन मिति तय भएसँगै अब दयाहाङका दुईवटा फिल्म एकैदिन रिलिज हुने भएका छन्। सोही मितिमा दयाहाङ र मिरुना मगरको फिल्म ‘जारी’ को रिलिज हुँदैछ।
साथै ‘भगवत् गीता’, ‘नाई नभन्नु ल ६’, ‘प्रसाद २’ पनि रिलिज बैशाख १ गते नै रिलिज हुने लाइनमा छन्। यी सबै चलचित्रबीच रोचक भिडन्त हुने देखिएको छ ।
















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
प्रतिक्रिया