पेरुकाे सङ्कट समाधान गर्न संयुक्त राष्ट्रसङ्घ प्रमुखले गरे वार्ताको आह्वान
मेरोन्यूज
२०७९ माघ १२ गते १४:१०

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पेरुको वर्तमान सङ्कटलाई सम्बोधन गर्न अर्थपूर्ण र समावेशी वार्ताका लागि आह्वान गरेका छन् ।
पेरुमा प्रदर्शन जारी रहँदा, महासचिवले हिंसाको थप वृद्धिबाट बच्न संयमता अपनाउन आग्रह गर्नुभयो र अधिकारीहरूलाई अन्तर्राष्ट्रिय मानवअधिकार कानूनको पालना गर्न आफ्नो आह्वान दोहो¥याउनु भएको गुटेरेसका प्रवक्ता स्टेफान डुजारिकले बुधबार एक विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।
जीवन र सम्पत्तिको सम्मान गर्दै विद्रोहहरू शान्तिपूर्ण रूपमा हुनुपर्ने गुटेर्रेसले बताएका छन् । आन्दोलनको क्रममा भएको मृत्युको सङ्ख्याबाट गुटरेस चिन्तित भएकाे र अधिकारीहरुलाई यी मृत्युहरुको तुरुन्त, प्रभावकारी र निष्पक्ष छानबिन गर्न र पीडितहरूलाई कलंकित हुनबाट जोगिन आग्रह गरेको विज्ञप्तिमा जनाइएको छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
प्रतिक्रिया