सन्दीप लामिछानेको विषयमा हामी संवेदनशील छौं : क्यानका अध्यक्ष चन्द
नेपाल टी-२० लिगमा हामीबाट त्रुटि भयो: क्यान
मेरोन्यूज
२०७९ माघ १२ गते १५:२२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले नेपाल टी-२० लिगमा आफूहरूबाट त्रुटि भएको स्वीकारेका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताए ।
उनले सेभेन थ्री स्पोर्टसलाई विश्वास गर्नु नै गलत भएको बताए । उनले फ्रेन्चाइज टिमका खेलाडीहरूले रकम पाउन बाँकी भएको स्वीकार गरे । केही टिमले ६० प्रतिशत रकम पाएको र बाँकी रकम पाउन बाँकी रहेको उनले जानकारी दिए ।
उनले निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको बताए ।
उनलेभने,’आईसीसीले पनि नेपालको कानुनले जे भन्छ, त्यही अनुसार गर भनेको छ, के गर्ने भनेर हामी सरोकारवालासँग छलफलमा छौं ।’
बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया