आज ३० वर्षकी भइन् शहनाज गिलः पञ्जाबकी कट्रिना देखि बलिउड डेब्यू

पञ्जाबकी कट्रिना कैफ बनेर देशभर लोकप्रिय भएकी शहनाज गिल आज ३० वर्षकी भइन् । शहनाजको जन्म २७ जनवरी १९९३ मा भएको थियो ।
शहनाजलाई बाल्यकालदेखि नै अभिनयको रुची थियो । परिवारबाट भागेर उनी पञ्जाबमा मोडलिङ र अभिनयको दुनियाँमा प्रवेश गरिन् । सन् २०१५ मा, शहनाज गिल पहिलो पटक गुरविन्दर ब्रारको गीत शिव दी किताब र कंवर चहलको गीत माझे दी जट्टीको म्युजिक भिडियोमा देखा परेकी थिइन्।

बिग बोस १३ मा आएपछि शहनाजले विशेष पहिचान पाइन् । शहनाजको फ्लर्टी स्टाइललाई फ्यानले मन पराए । शहनाज र सिद्धार्थ बिग बोसको मनपर्ने जोडीमा पर्छन्।

शहनाज र सिद्धार्थले आफ्नो सम्बन्धलाई कहिल्यै स्विकारेका थिएनन्, तर उनीहरूको प्रेम सारा संसारले देखेको थियो। सिद्धार्थको आकस्मिक मृत्युले शहनाजलाई नराम्ररी टुटाएको थियो । फ्यानहरूले शहनाजको आँखामा त्यो चमक आजपनि देख्छन्, जुन सिद्धार्थसँग हुदाँ देखिन्थ्यो।
सिद्धार्थको मृत्युपछि शहनाज बिग बोस १४ मा अतिथिका रूपमा पुगिन्, जहाँ सलमान खानलाई भेटेर उनी भावुक भइन् । केही समयपछि सलमानले शहनाजलाई आफ्नो आगामी फिल्म ‘किसी का भाई किसकी जान’ मा कास्ट गरेको खबर आएको थियो । यो शहनाजको बलिउड डेब्यू फिल्म हाे, जुन २०२३ मा मात्रै रिलिज हुनेछ ।
शहनाज गिल आज ठूलो नाम बनेकाे छ। हालै शहनाजका धेरै गीतहरू गुरु रन्धावासँग देखा परेका छन् । फेसनदेखि स्टाइलसम्म शहनाज गिलमा धेरै परिवर्तन आएको छ ।
अब शहनाज गिल छिट्टै सलमान खानसँग फिल्ममा डेब्यु गर्दैछिन् । शहनाज सलमानको फिल्म ‘किसी का भाई, किसी की जान’ मा देखिदैछिन् । फिल्मको टिजरमा शहनाजको झलक देखिएको छ ।

२०२२ को रिपोर्ट अनुसार शहनाज गिलको कुल सम्पत्ति ४ मिलियन डलर अर्थात् ३० करोड रुपैयाँ छ । शहनाज गिलको इन्स्टाग्राम अकाउन्टमा १३.९ मिलियन फलोअर्स छन् ।
















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
प्रतिक्रिया