‘पठान’ले ताेड्याे रेकर्डः दोस्रो दिन हिन्दी संस्करणमा मात्र ७० करोड भारु
मेरोन्यूज
२०७९ माघ १३ गते १२:४८

पछिल्लो समय साउथ फिल्महरुले बलिउडलाई चुनौती दिँदै सबै रेर्कड तोड्न थालेपछि बलिउड सिनेमाले लोकप्रियता गुमाउँदै गएको भन्ने सुनिँदै आएको थियो ।
यसैबीच, शाहरुख खानको पठानले बलिउड प्रेमिहरुको आशा जगाएको छ । रिलिजको पहिलो दिन नै फिल्मले भारतमा लगभग ५७ करोडको बम्पर ओपनिङ गरेको थियो ।
स्रोतका अनुसार अनुसार पठानको हिन्दी संस्करणले दोस्रो दिन ७० करोड भारु कलेक्सन गरेको छ । पठान भारतमा दुई दिनमा १२७ करोड भारुको हाराहारीमा कमाएको छ । त्यस्तै, फिल्मले विश्वव्यापी बक्स अफिसमा २३५ करोड कमाएको छ।
गणतन्त्र दिवसको बिदा परेकाले पनि फिल्मलाई दोस्रोदिन निकै फाइदा भएको छ । दोस्रो दिन कमाईमा पठानले केजीएफ २ लाई पछि पारेको छ । केजीएफ २ को हिन्दी संस्करणले दोस्रो दिन ४७ करोड कमाएको थियो ।
पठानले दोस्रो दिन ६०–६५ करोडसम्म संकलन गर्ने अनुमान गरिएको थियो ।
सम्बन्धित
















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
प्रतिक्रिया