आईकाओको मापदण्डहरुको पूर्ण पालना नहुँदा हवाई दुर्घटना बढ्यो : विज्ञहरू

काठमाडौँ । विज्ञहरुले अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ)ले निर्दिष्ट गरेका मादपण्डहरुको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटनामा वृद्धि हुन गएको औंल्याएका छन् ।
नेपाल नागरिक उडडयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम, तत्कालिन हवाई विभागका महानिर्देक वीरेन्द्रबहादुर देउजा, नेपाल एयरलाईन्सका पूर्वइन्जिनियर डाईरेक्टर अच्युतराज पहाडीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै त्यसको तत्काल परिपूर्ति गर्नुपर्नेमा पनि जोड दिए ।
संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकमा बोल्दै नेपाल एयर लाईन्सका पूर्वइन्जिनियर डाईरेक्टर पहाडीले आईकाओले निर्दिष्ट गरेका मापदण्डहरुको पूर्ण पालना गर्न सके नेपालको हवाई सेवा सुरक्षित हुने र दूर्घटना आफैं न्यूनिकरण हुँदै जाने बताए । उनले दक्ष जनशक्तिको व्यवस्थापनमा पनि नेपाल हवाई सेवा प्रदायक संस्थाहरुले विशेष ध्यान दिनुपर्ने बताए ।
नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन नियमनकारी निकायहरुको दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताउनु भए । उनले हवाई सेवा सुरक्षाका लागि संरचनागत सुधारका कामहरुमा पनि ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
पूर्वमहानिर्देशक गौतमले भने, ‘सकेसम्म हामीले के इन्स्योर गर्न आवश्यक छ भने नेपाली आकाश सुरक्षित छ भन्ने कुरा इन्स्योर गर्नका लागि कम्तिमा पनि स्ट्रक्चरल सुधारका कुराहरुमा तुरुन्तै ध्यान दिनु पर्दछ । जसले गर्दा नियमन अधिकारी अथवा मोर स्ट्रेन्थेन होस् मोर क्यापएबल होस् । जहाँबाट सेफ्टी इन्ह्यान्स गर्न सकियो ।’
नेपालको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सेवा प्रदायक संस्थाहरुलाई व्यवसायिक ढंगले अघि बढाउनुपर्ने आवश्यक्ता रहेको तत्कालीन हवाई विभागका पूर्व महानिर्देशक वीरेन्द्रबहादुर देउजाले बताए । उनले हवाई दुर्घटनाका रिर्पोटहरुले दिएको सुझावको आधारमा अघि बढदा पनि नेपालमा हवाई दूर्घटनालाई न्यूनिकरण गर्दै लैजान सकिने बताए ।
















न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
SAFF Women’s U-19: Bangladesh defeats India by 2-0
नेपालमा जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँः राष्ट्रपति पौडेल
निशुल्क आँखा शिविरबाट दमौलीमा ८९ जनाको शल्यक्रिया
राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया