रणवीर कपुरले रिसाउँदै फ्याँके आफ्ना फ्यानको मोबाइल, प्रयोगकर्ताले भने- यो हो यिनकाे असली अनुहार

वलिउड अभिनेता रणबीर कपुरलाई चाहनेहरुको कमि छैन । अभिनेता जहाँ गएपनि उनका फ्यानको भीड हुन्छ । सबैजना उनीसँग फोटो खिच्न खाेज्छन् । रणवीरले पनि आफ्ना फ्यानहरूलाई निकै मायाले भेट्छन् । तर, भर्खरै उनको भिडियो सार्वजनिक भएको छ जसमा उनले आफ्ना फ्यानको मोबाइल फ्याँकेका छन्।
सार्वजनिक भिडियोमा एक फ्यानले रणवीरसँग सेल्फी लिइरहेको देख्न सकिन्छ । रणवीर पनि खुसीसाथ पोज दिइरहेका छन् । यसपछि प्रयोगकर्ताले फेरि सेल्फी लिन्छन् । यसपछि रणबीरले फ्यानको हातबाट मोबाइल खोसेर पछाडि फ्याँक्छन् । यस क्रममा रणवीरको अनुहारमा क्रोध स्पष्ट देख्न सकिन्छ । रणवीरको यस्तो व्यवहार देखेर प्रयोगकर्ता छक्क परेका छन् ।
रणवीर कपुरको यो भिडियोको सत्यता के हो, थाहा हुन बाँकी छ । अहिले केही प्रयोगकर्ताहरूले यो विज्ञापन भिडियो भएको दाबी गरिरहेका छन्। यसको अर्को भाग आउन बाँकी छ।
यसै क्रममा केहि प्रयोगकर्ताहरु रिसाएका देखिन्छन्। एक प्रयोगकर्ताले लेखे, ‘अझै बन उनको फ्यान।’ अर्को प्रयोगकर्ताले लेखेका छन्, ‘सायद रणवीर उनलाइ राम्रो फोन दिन चाहन्छन्।’ एक प्रयोगकर्ताले लेखे, ‘यसपछि के भयो ?’ कतिपय प्रयोगकर्ताले भनेका छन्, ‘रणवीर पक्कै हैरान भएको हुनुपर्छ । त्यही भएर उसले गरेको हो ।’















सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
युद्धविरामअघि ओडिसामा घातक हमला
बागमती सरकारले गाडी भाडा समायोजन गर्यो, कहाँको कति ? (सूचीसहित)
अफगानिस्तानमा घरको छत खस्दा आठ जनाको मृत्यु
बाँकेमा ५ शय्याको आधारभूत अस्पताल सञ्चालन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
प्रतिक्रिया