शाहरुख र दीपिकाकाे सहकार्य, बक्सअफिसमा सधैं रेकर्ड ब्रेक

बहुप्रतिक्षित फिल्म ‘पठान’ गत जनवरी २५मा रिलिज भयो । रिलिजसँगै फिल्मले बक्सअफिसमा ब्लकबस्टर व्यापार गरिरहेको छ । थिएटरका टिकट घरमा ऐतिहासिक टिकट बिक्री हुने क्रम जारी छ । फिल्मले भारतको गणतन्त्र दिवसका दिन ७० करोडको व्यापार गर्यो ।
यो व्यापारले अभिनेता शाहरुख खान वर्तमान समयमा पनि बलिउडको सुपरस्टारमध्ये एक हुन् भन्ने प्रमाणित गरेको छ । यतिमात्र होइन, अभिनेत्री दीपिका पादुकोणसँगको शाहरुखको सहकार्य बक्सअफिसका लागि सफल र ऐतिहासिक रहेको पनि प्रमाणित गरिसकेको छ ।
यी दुई आकर्षक कलाकारले सन् २००७ मा फिल्म ‘ओम शान्ति ओम’मा सहकार्य गरेका थिए । दीपिकाका लागि यो फिल्म डेब्यू थियो । यो फिल्मले तत्कालीन समयमा सँगै रिलिज भएको फिल्म ‘सावरिया’सँग जुध्दा पनि ५ दशमलब ५३ करोडको एकदिनको कमाई गरेको थियो ।
त्यो समयमा ‘ओम शान्ति ओम’ले सप्ताहन्त २१ दशमलब ४७ करोडको व्यापार गरेको थियो । यसको लाइफटाइम कमाई ७८ दशमलब १७ करोड थियो । जबकि शाहरुखकै अभिनय रहेको सन् २००६ को फिल्म ‘धुम २’को लाइफटाइम कलेक्सन ८१ दशमलब ०१ करोड छ ।
६ वर्षपछि शाहरुख र दीपिका फिल्म ‘चेन्नाइ एक्सप्रेस’मा जोडिए । फिल्ममा दीपिकाको मिनाम्मा चरित्रलाई दर्शकले अहिले पनि सम्झन्छन् । रोहित शेठ्ठी निर्देशित फिल्म ‘चेन्नइ एक्सप्रेस’को रेकर्ड ओपनिङ व्यापार ३३ दशमलब १२ करोड थियो । यसको सप्ताहन्त व्यापार १ सय दशमलब ४२ करोड थियो । यो फिल्म रिलिजको साढे ३ वर्षपछि मात्र आमिर खानको फिल्म ‘३ इडियट्स’ले त्यसमा ब्रेक लगायो ।
त्यसको एक वर्षपछि सन् २०१४ मा फिल्म ‘ह्याप्पी न्यू इयर’ बन्यो । यसमा प्रमुख अभिनेत्रीको रुपमा दीपिका नै थिइन् । फिल्मले ओपनिङ ४४ दशमलब ९७ करोडबाट गरेको थियो ।
अहिले ‘पठान’ले पनि यही समानता पाइरहेको छ । फिल्म एक्सन फ्लेभरको भए पनि दीपिका र शाहरुखको प्रेमले दर्शकलाई मोहित बनाएको छ । बलिउडमा अहिले एउटा भनाई खुबै चर्चामा छ । ‘जब शारुख खान र दीपिका पादुकोण एकापसाम भेट्छन्, तब रेकर्ड ब्रेक हुन्छ’ भन्ने भनाई लोकप्रिय बनिरहेको छ ।
-एजेन्सी















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन
यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया