यही बर्ष विवाह गर्दैछन् यी ५ चर्चित जोडी, मिति पनि फिक्स

सन् २०२२ बलिउड जोडीका लागि निकै विशेष सावित भएको छ । आलिया भट्ट-रणबीर कपूर, मौनी रोय-सूरज नाम्बियार र फरहान अख्तर-शिबानी दांडेकर जस्ता धेरै सेलिब्रेटीहरू यस वर्ष विवाह बन्धनमा बाँधिएका थिए। गत वर्ष जस्तै यस वर्ष पनि धेरै सेलिब्रेटीहरुको बिवाह हुने भएको छ ।
अभिनेत्री आथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुलको विवाहसँगै सन् २०२३ मा सेलेब्सको विवाहको प्रक्रिया सुरु भएको छ । २०२३मा यी सेलिब्रेटीकाे हुँदैछ विवाहः-
कियारा आडवाणी-सिद्धार्थ मल्होत्रा

बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्रा छिट्टै विवाह गर्दैछन् । दुवै आफ्नो सम्बन्धका कारण प्रायः चर्चामा आउने गर्छन् । यद्यपी दुबैले आफ्नो सम्बन्धलाई अहिलेसम्म आधिकारिक भनेका छैनन् । मिडिया रिपोर्टका अनुसार दुवैले फेब्रुअरी ६ मा शाही दरबारमा सात फेरा लिनेछन् ।
अर्जुन कपुर- मलाइका अरोरा

मलाइका अरोरा र अर्जुन कपुर लामो समयदेखि एकअर्कासँग सम्बन्धमा छन् । मिडियामा यी दुबैको विवाहको खबर प्रायः आउने गर्छ । मिडिया रिपोर्टका अनुसार उनीहरु सन् २०२३ मा विवाह बन्धनमा बाँधिदैछन् ।
रकुल प्रीत सिंह-ज्याकी भगनानी

रकुल प्रीत सिंह र ज्याकी भगनानी आफ्नो प्रेम सम्बन्धका कारण चर्चामा छन् । यो जोडीले गत वर्ष सामाजिक सञ्जालमार्फत आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए । मिडिया रिपोर्टका अनुसार दुवैले २०२३ को अन्त्यसम्ममा विवाह गर्न लागेका छन् ।
सोनाक्षी सिन्हा-जहीर इकबाल

सोनाक्षी सिन्हा र जहीर इकबाल पनि आफ्नो सम्बन्धका कारण चर्चामा छन् । धेरै ठाउँमा दुवैलाई सँगै देखाइएको पाइन्छ । यिनिहरूबीच लामो समयदेखि चिनजान छ । यद्यपि सोनाक्षी वा जहीरले अहिलेसम्म आफ्नो सम्बन्धलाई अफिसियल भने गरेका छैनन् ।
करण कुन्द्रा-तेजस्वी प्रकाश

करण कुन्द्रा र तेजस्वी प्रकाशको जोडी बिग बोस १५ को सबैभन्दा चर्चित जोडी हो। यी दुईको भेट बिग बोसमा भएको थियो र त्यहीँबाट उनीहरुको प्रेम् सम्बन्ध सुरु भएको थियो ।
केही समयअघि तेजस्वीले सामाजिक सञ्जालमा एउटा पोस्ट सेयर गरेका थिए, जसलाई हेरेर फ्यानले उनीहरुको इन्गेजमेन्ट भएको र दुबैले छिट्टै विवाह गर्ने अनुमान गरेका छन् । मिडिया रिपोर्टका अनुसार दुवैले सन् २०२३ को मध्यमा विवाह गर्नेछन् ।

















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया