शुक्रबार, माघ १६, २०८२

नयाँ नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुगे रवि लामिछाने

मेरोन्यूज २०७९ माघ १५ गते ११:४२

काठमाडौं : रवि लामिछाने नयाँ नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । जिल्ला प्रकाशन कार्यालयमा केही बेर अघि लामिछाने पुगेका हुन् ।

लामिछानेले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुरानो नागरिकताको प्रमाणपत्र वा प्रतिलिपि, तस्बिर र अनुसूची फारमसहित जिल्ला प्रशासन कार्यालय पुगेका हुन् ।

सर्वोच्च अदालतले अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद खारेज शुक्रबार खारेज गरेको थियो। नेपाली नागरिक नै नभएपछि लामिछानेले उपप्रधान एवम् गृहमन्त्री र रास्वपाको पार्टी सभापति पद पनि गुमाएका थिए।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा।आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको हो। लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए।

नागरिकताको पुनः प्राप्ति नै कानुनसम्मत नभएको भन्दै सर्वोच्चले लामिछाने चितवन–२ बाट प्रतिनिधिसभामा सदस्यमा उम्मेदवार हुनै नपाउने अवस्थाको व्याख्या गरेको छ। तर ‘उम्मेदवार भई निर्वाचितसमेत भएको देखिँदा लामिछानेलाई उम्मेदवार कायम गर्ने, निजलाई निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिनेलगायतका कामकारबाही नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुने ठहर गरेको छ,’ फैसलामा उल्लेख छ। नेपालको संविधानको धारा ८७ १ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १२ को प्रयोजनका लागि उम्मेदवारको योग्यता पुगेको भनी मान्न नमिल्ने फैसलामा जनाइएको छ।

नेपालको नागरिकता ऐन, २०६३ को दफा १० मा आफूखुसी विदेशी नागरिकता लिएमा अथवा एकैसाथ नेपाली र विदेशी मुलुकको नागरिक हुने अवस्थामा नेपाली नागरिकता नरोजेमा नेपाली नागरिकता कायम नरहने प्रष्ट कानुनी व्यवस्था छ।

लामिछानेले २०५० सालमा वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए। त्यसपछि अमेरिका गए र उतैको नागरिकता लिए। उनले २०७० साल ९सन् २०१४० मा अमेरिकी नागरिकता लिएका थिए।

प्रतिक्रिया