रावणको भूमिकामा देखिँदै छन् केजीएफ स्टार यश ?

कन्नड सुपरस्टार यश आफ्नो उत्कृष्ट अभिनयका लागि चिनिन्छन्। केजीएफ र केजीएफ २ मा उनले आफ्नो दमदार प्रदर्शनले फ्यानको मन जितेका थिए। यो फिल्मले बक्स अफिसमा बम्पर कमाई गरेको थियो । यसको नाम सन् २०२२ को सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा परेको छ । यशले केजीएफ च्याप्टर २ पछि आफ्नो अर्को फिल्मको घोषणा नगरे पनि अहिले सुपरस्टारलाई फिल्म निर्माताले अप्रोच गरेको खबर छ ।
मिडिया रिपोर्टका अनुसार फिल्म निर्माता-निर्देशक नितेश तिवारी र मधु मन्टेनाले यशलाई आफ्नो पौराणिक फिल्म रामायणमा कास्ट गर्न अप्रोच गरेका छन्। यो फिल्ममा रावणको भूमिकाका लागि यशलाई अप्रोच गरिएको छ । विशेष कुरा के छ भने यशले पनि यो फिल्मका लागि चासो देखाइरहेका छन् । रिपोर्टका अनुसार यश आफ्नो आगामी प्रोजेक्टका लागि ठूलो सोचमा छन् । उनले देशका विभिन्न चलचित्र उद्योगका स्क्रिप्ट सुनिरहेका छन् ।
रिपोर्टका अनुसार यश रामायण फिल्मको प्रि-भिजुअलाइजेसनबाट धेरै खुसी छन् र टोलीसँग भेटघाट गरिरहेका छन्। उनले अबको दुई महिनाभित्र यसबारे निर्णय लिन सक्नेछन् । यति मात्र होइन, यस फिल्ममा रणवीर कपूर रामको भूमिकामा देखिनेछन् ।
रिपोर्टका अनुसार यशसँग ब्रह्मास्त्र २ को अफर पनि छ । करण जोहरले यशलाई देवको भूमिका अफर गरेका थिए । यश पनि यो फिल्मलाई लिएर निकै उत्साहित छन् ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया