उत्तरपश्चिम पाकिस्तानमा डुङ्गा पल्टिँदा १० बालबालिकाको मृत्यु
मेरोन्यूज
२०७९ माघ १५ गते १७:३४

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लास्थित बाँधमा आइतबार डुङ्गा पल्टिँदा १० बालबालिकाको मृत्यु भएको छ ।
जिल्लाको टाँडा बाँधमा २५ जना बालबालिकासहितको डुङ्गा बिहानै पल्टिँदा सो दुर्घटना भएको हो । गोताखोरद्वारा १६ जनालाई उद्धार गरी अस्पताल लगिएको कोहट जिल्लाका उपायुक्त फुरकान अशरफले बताएका छन् ।
बाँधबाट अरु नौ जनाको शव फेला परेको अशरफले बताए भने एक बालकले अस्पताल उपचारकाक्रममा निधन भएको थियो ।
सिन्ह्वासँग कुरा गर्दै उद्धार संस्था ईधी फाउन्डेसनले बताएअनुसार ती बच्चाहरू गोष्ठीमा आमन्त्रित विद्यार्थीहरू रहेको र घुमफिरका क्रममा बाँधमा गएका थिए ।
सम्बन्धित
















स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
नेपालगञ्जमा हत्याको आरोपमा ६ जना पक्राउ
जनमतले फिर्ता लियाे मधेस सरकारलाई दिएको समर्थन
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया