विश्वमै पहिलो पटक २४० वाटको चार्जिङ प्रविधि ल्याउँदै रियलमी

काठमाडौँ । सबैभन्दा बढी विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले आफ्नो आउँदो फ्लागशिप स्मार्टफोनमा २४० वाटको चार्जिङ सपोर्ट हुने जनाएको छ जुन अहिलेसम्मकै सबैभन्दा छिटो हो । यो सँगै रियलमी विश्व मोबाइल उद्योगमै सबैभन्दा बढी पावरको चार्जिङ टेक्नोलोजी प्रदान गर्ने स्मार्टफोन ब्रान्ड हुने भएको छ ।
कटिङ एज चार्जिङ सोलुसन युक्त यो नयाँँ प्रविधिले फोनलाई सुरक्षित र छरितो तरिकाले चार्ज गर्छ, जसले उपभोक्ताहरुलाई राम्रो अनुभव प्रदान गर्छ । ९८.७% को अत्यधिक उच्च पावर कन्भर्सन रेट भएको यस २४० वाटको इनोभेटिभ चार्जिङ आर्किटेक्चरले लो भोल्टेजमा नै सुरक्षित तरिकाले चार्ज गर्न सक्छ । यति मात्र नभएर रियलमीले संसारमै पहिलोपल्ट १२ एम्पियरको चार्जिङ केबल पनि ल्याउँदै छ जुन मोबाइल उद्योगमैै अहिलेसम्मको सबैभन्दा राम्रो र उच्च स्ट्यान्डर्डको हो ।
यो सँगै रियलमीले आफ्नो डेयर टु लिप मान्यतालाई अझै बलियो बनाउँदै फास्ट चार्जिङलाई एउटा अर्को उचाइमा पु¥याएको छ । यो भन्दा अगाडि रियलमीले २०२१ मा आफ्नो नम्बर सिरिजमा ६७ वाटको चार्जिङ प्रविधि अपनाउँंदै मिड रेन्ज सेग्मेन्टमा फास्ट चार्जिङको सुविधा दिएको थियो ।
त्यस्तै २०२२ मा पनि आफ्नो लोकप्रिय मोडल रियलमी जिटि नियो ३ मार्फत समस्त मोबाइल उद्योगमै पहिलो पल्ट १५० वाटको फास्ट चार्जिङको सुविधा दिएको थियो, जसमा २० मिनेटमै शुन्यबाट शत प्रतिशतसम्म मोबाइल चार्ज हुन सक्थ्यो ।
















स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन
‘जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट दिने हो’
कैलाली-कञ्चनपुरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
प्रतिक्रिया