पर्यटनमन्त्री किरातीले लिए पूर्वसचिवसँग सुझाव
मेरोन्यूज
२०७९ माघ १६ गते २१:०१

मन्त्रालय र मातहत निकायको कामलाई प्रभावकारी बनाउने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पूर्वसचिवहरुसँग छलफल गरेका छन । मन्त्रालयमा आज भएको छलफलमा उनले पर्यटन एवं हवाई क्षेत्रको विकास एवं सम्वद्र्धनका विषयमा पूर्वसचिवहरूको रायसुझाव लिएका हुन ।
बैठकमा पूर्वसचिवहरूको आफ्नो कार्यकालमा बाँकी रहेका अधुरा अविनाशी छाप र अनुभव, बाँकी रहेका अधुरा सपना, वतर्मान हाम्रो स्थिति र भावी दिनमा हामी के गर्न सक्छौँ भन्ने एजेन्डामा छलफल भएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
बैठकमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, शङ्करप्रसाद अधिकारी, मोहनकृण श्रेष्ठ, महेश्वर नेउपाने लगायतका पूर्वसचिवहरूले आफ्नो अनुभव र सुझाव राखेका थिए । अधिकांश सचिवहरूले नेपाल वायुसेवा निगमलाई कम्पनीमा रुपान्तरण गर्नुपर्ने लगायतका सुझाव राखेका थिए । आगामी दिनमा पनि फेरि बैठक बसेर उहाँहरूको अनुभव सुन्ने मन्त्री किरातीले बताए ।
सम्बन्धित

















इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
गोरखामा बाबुराम आबद्ध प्रलोपाले कांग्रेसलाई सघाउने
इरानद्वारा इजरायलमाथि जवाफी क्षेप्यास्त्र हमला सुरु
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
लुयान नेपालकाे होली अफर : इलेक्ट्रिक स्कुटरमा १५ हजारसम्म नगद छुट
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
प्रतिक्रिया