शनिबार, चैत २८, २०८२

प्रियंका चोपडाले पहिलो पटक देखाइन् छोरीको अनुहार

मेरोन्यूज २०७९ माघ १७ गते ११:१२

प्रियंका चोपडाले अन्ततः आफ्नी छोरी मालती मेरी चोपडा जोनासको अनुहार सार्वजनिक गरेकी छिन् । प्रियंका हालै लस एन्जलसमा एउटा कार्यक्रममा सहभागी भएकी थिइन्, जहाँ उनले आफ्नी छोरीसँगका धेरै तस्विरहरु बाहिर आएका छन् ।सार्वजनिक फाेटाेमा उनकी छोरी मालती सेतो टप र मिल्दो सर्ट भएको क्रिम स्वेटरमा निकै प्यारो देखिएकी छन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रियंकाले हलिउड वाक अफ फेम स्टार फंक्शनको एक भिडियो सामाजिक सञ्जालमा सेयर गरेकी छिन्, जसमा मालती उनको काखमा रमाइलो गरिरहेको देखिन्छ । उनका बुवा निकले आफ्नो भाषणको क्रममा छोरीको नाम लिन्छन्। साेही बेला प्रियंकाले छोरीलाई आफ्नो काखमा उभिएर निकतर्फ इशारा गरेकी छन्।’

भिडियो हेरेपछि फ्यानदेखि सेलिब्रेटीले प्रतिक्रिया देखाउँदै मालती बुवा निकको फाेटाेकपी भएको बताएका छन् । एकजनाले लेखे, ‘अन्तमा मालतीको झलक देख्न पाइयो, उनी क्यूट छिन्’, अर्काले लेखे, ‘मालती निक जस्तो देखिन्छिन्।’

प्रियंका र निकले सामाजिक सञ्जालमा २२ जनवरी २०२२ मा छोरीको जन्म भएको घोषणा गरेका थिए । पोस्ट सेयर गर्दै दम्पतीले आफू सरोगेसी मार्फत अभिभावक बनेको बताएका थिए ।

प्रतिक्रिया