लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धार
मेरोन्यूज
२०७९ माघ १७ गते १४:२८

गत हप्तामा ३३१ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले सोमबार बताएको छ । सन् २०२३ जनवरी २२–२८ सम्मको समयाअवधिमा ३३१ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइयो आईओएमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
उद्धार गरिएका आप्रवासीमा २० महिला र ३५ बालबालिका रहेका छन् । यस वर्ष अहिलेसम्म कुल १ हजार एक सय ३ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ । १७ सत्र जनाको मृत्यु भएको छ भने १८ जना लिबियाको तटबाट बेपत्ता भएका छन्, आईओएमले जनाएको छ ।
सन् २०२२ मा, कुल २४ हजार छ सय ८४ आप्रवासीहरूलाई उद्धार गरी लिबिया फर्काइएको आईओएमले खुलासा गरेको छ । मध्य भूमध्यसागरीय मार्गमा लिबियाको तटबाट ५सय २९ आप्रवासीको मृत्यु भएको छ भने ८ सय ४८ जना बेपत्ता भएका छन् ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
प्रतिक्रिया