महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम

काठमाडाैं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।
बैंकको हेटौडा शाखाले मानव सेवा आश्रमलाई भवन निर्माणार्थ अक्षेरुपी बिस हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । साहारा विहिन, अशक्त, असाहाय, शारिकि तथा मानसिक रुपमा कमजोर आदिका लागि खाना कपडा र बस्ने व्यवस्था गरी साहारा प्रदान गर्दै आएको मानव सेवा आश्रमलाई भवन निर्माणमा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।
त्यस्तैगरी बैंकको सुकेधारा शाखाले मैजुहिटी वडा नं ७ काठमाडौंमा अवस्थित टोखा जेष्ठ नागरिक समाजलाई टेबुल हस्तान्तरण गरेको छ । नगरपलिकाका वडा नं १ देखि ११ सम्मका जेष्ठ नागरिकलाई पर्नसक्ने कठिन कार्यमा सहयोग पुर्याउनका लागि स्थापित यस समाजमा कार्यालय प्रयोजनार्थ बैंकले टेबुल प्रदान गरेको हो ।
उल्लेखित कार्यक्रम सँगसगै बैंकको चन्द्रौटा शाखाले शिवराज नगरपालिका वडा नं ५ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा नर्सरी देखि कक्षा ३ सम्म अध्ययनरत १८६ जना विद्यार्थीहरुलाई स्वीटर हस्तान्तरण गरेको छ । विद्यालय अवस्थित क्षेत्रमा अत्याधिक चिसो बढेकोले विद्यार्थीहरुको स्वास्थ्य र अध्ययनमा पर्नसक्ने प्रभावलाई ध्यानमा राखेर बैंकले स्वीटर प्रदान गरेको हो ।
















कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र सञ्चालनमा
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
प्रतिक्रिया