सुडानमा रहेका शरणार्थीका लागि सहयोग माग

सुडानमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयोगले सहयोग माग गरेको छ । संयुक्त राष्ट्रसङ्घीय उच्च आयोगले विश्वका विभिन्न दाता तथा देशहरुसँग पनि सो सहयोगका लागि आग्रह गरेको हो । सुडानमा शरणार्थीहरुको संख्या बढ्दै गएकाले उनीहरुलाई अत्यावश्यकीय सहयोगका लागि संयुक्त राष्ट्रसङ्घीय उच्च आयोगले विगतदेखि नै यस्तो सहयोगका लागि आग्रह गर्दै आएको थियो ।
मङ्गलबार सो आयोगले विभिन्न ४१ वटा सङ्घसस्था तथा देशहरुलाई सुडानका शरणार्थीका लागि सहयोगको आग्रह गरेको हो । हाल सुडानमा कम्तीमा पनि नौ लाख शरणार्थी रहेका र उनीहरुका लागि आवश्यक खाद्यान्न एवं अन्य सहयोग आवश्यक परेको बताइएको छ ।
उक्त आयुक्तको कार्यालयले मङ्गलबार एक विज्ञप्ति प्रकाशन गरी सन् २०२३ का लागि आवश्यक आर्थिक सहयोग गर्न विश्वका विभिन्न देशलाई आग्रह गरेको हो । सुडान अफ्रिकी देशमा शरणार्थीहरुलाई शरण दिइरहेको दोस्रो ठूलो मुलुक हो । त्यहाँ अहिले पनि नौ लाख भन्दा बढी शरणार्थी रहेका छन् ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
प्रतिक्रिया