काभ्रेमा बसको ठक्करबाट बालिकाको मृत्यु भएपछि राजमाग अवरुद्ध
मेरोन्यूज
२०७९ माघ १९ गते १८:४६

काठमाडौं । काभ्रेमा बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका(७ भकुण्डेबेँसीस्थित २० किलोमा बा२ख ७३४२ नम्बरको रेम्बो यातायातको बसले बालिकालाई ठक्कर दिएको हो ।
बिहीबार दिउँसो साढे ३ बजे बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बसले ठक्कर दिएपछि चालक घटनास्थलबाट भागेका थिए ।
चालक भागेपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् । अहिले स्थानीयले राजमार्ग अवरुद्ध गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया