सन्दीपविरुद्धको पुनरावेदनमा सर्वोच्चमा भोलि नै पेशी

काठमाडौं । नावालिका बलत्कारको अभियोग लागेका नेपाली राष्टिय क्रिक्रेट टोलीका पूर्व कप्तान सन्दिप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वाेच्च अदालतमा परेको पुनरावेदनको पेशी भोलि नै हुने भएको छ । भोलि शुक्रबार नै पेशी तोकिएको छ ।
उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । उच्च अदालतको आदेशमा चित्त नवुझाएको महान्यायधिवक्ता कार्यालय बुधबार सर्वाेच्च गएको थियो । सर्वाेच्चले त्यसपछि शुक्रवारका लागि पेशी तोकेको हो ।
उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।
अदालतले धरौटीमा छाडेपछि नेपाल क्रिकेट संघले सन्दीपमाथि लगाएको निलम्बन फुकुवा गरेको थियो । निलम्बन फुकुवा भएसँगै सन्दीपलाई बिहीबार राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि बोलाइएको छ । नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणका लागि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसहितको टिम घोषणा गरेको छ ।
यसअघिको २८ सदस्यीय टोलीबाट १० जना कटौती गर्दै सन्दीप लामिछाने र प्रतिश जिसीलाई थपेर २० सदस्यीय टिम घोषणा गरेको थियो ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रतिक्रिया