शनिबार, वैशाख १९, २०८३

सन्दिप विरुद्धको मुद्दामा सर्वोच्चमा पहिलो सुनवाइ हुँदै

मेरोन्यूज २०७९ माघ २० गते ६:३५

काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान सन्दिप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाको पहिलो सुनवाइ आज हुने भएको छ । 

Advertisement
NiccNicc

नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदन दिएको थियो । जसमाथी आज पहिलो सुनुवाइ हुने भएको हो ।

गत मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गर्दै दिइएको निवेदनको पेसी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले बताए। 

उच्च अदालतको आदेश पछि रिहा भएका सन्दिपलाई पुनः नेपाली क्रिकेट मैदानमा ल्याउने नेपाल क्रिकेट संघको निर्णय भएको पर्सिपल्ट अर्थात आज शुक्रवार सर्वोच्चमा पहिलो सुनवाइ हुन लागेको हो । 

प्रतिक्रिया