तराईका केही भागमा हुस्सु र कुहिरो

काठमाडौँ । बिहान देशका तराईका केही भूभागहरूमा हुस्सु÷कुहिरो लागिरहेको छ । पडी भू–भागहरूमा आंशिक बदली रहेको र अन्य भूभागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
देशका कुनै पनि स्थानमा वर्षा र हिमपातको सम्भावना नभएकाले देशभरकै तापक्रम क्रमशः बढ्दै गएको महाशाखाले जनाएको छ।
विभागले आज दिउँसो प्रदेश– १ र गण्डकी प्रदेशका भू–भागमा आंशिक बदली रहने जनाएको छ। देशका बाँकी भू–भागमा मौसम सफा रहनेछ।
आज राति प्रदेश– १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
विभागले तराईका भू–भागहरूमा बिहानीपख लागेको हुस्सु र कुहिरोले दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै सतर्क रहन भनेको छ ।
हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।
भोलि शनिबार प्रदेश नं. १, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सफा रहनेछ।
आइतबार पनि प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ।
महाशाखाले तराईमा बिहान र बेलुकीपख हुस्सु र कुहिरोले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रतिक्रिया