प्रजनन केन्द्रबाट २० गोहीलाई नदीमा छाडियो

चितवल । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय सौराहास्थित घडियाल प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही प्राकृतिक बासस्थानमा छाडिएको छ ।
विश्व सिमसार दिवसको अवसर पारेर निकुञ्जले दुई भाले घडियाल तथा १८ पोथी घडियाल राप्ती नदीमा छाडेको हो । प्राकृतिक बासस्थानमा छाडिएको घडियालमध्ये तीन वटा छ वर्ष उमेरका रहेका निकुञ्जका सहायक संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए । बाँकी १७ घडियाल गोही सात वर्ष उमेरका रहेको उनले बताए
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले हालसम्म जम्मा एक हजार सात सय १२ गोही प्रकृतिक बासस्थानमा छाडेको छ ।
“यो भन्दा पहिला राप्ती नदीमा नौ सय ७२, नारायणी नदीमा चार सय १९, कालीगण्डकी नदीमा ३५, सप्तकोसी नदीमा एक सय १५, कर्णाली नदीमा ४१ र बबई नदीमा एक सय १० गरी जम्मा एक हजार छ सय ९२ गोही हामीले छाडिसकेका छौँ”, उनले भने, “बिहीबार छाडिएको २० गोहीसहित अहिलेसम्म हामीले एक हजार सात सय १२ गोहीलाई प्राकृतिक बासस्थानमा छोडेका छौँ ।”
तिवारीले सङ्कटापन्न अवस्थाका गोही प्रकृतिक बासस्थानमा छाडेपछि उनीहरूको अवस्थाबारे निकुञ्जले अनुगमन गर्ने गरेको भए पनि राष्ट्रियस्तरबाट अनुगमन हुनुपर्ने बताए ।
“घडियाल गोहीले लामो दूरी विचरण गर्ने गरेको हामीले पाएका छौँ”, तिवारीले भने, “नारायणी तथा राप्तीमा छाडिएका घडियाल घुम्दैफिर्दै भारत हुँदै कोसीसम्म पुग्न सक्ने देखिन्छ ।” नदीबाट बग्दै जाँदा गण्डक ब्यारेज कटेर भारततर्फ पसेपछि नारायणी नदीमा घडियाल फर्किनसक्ने अवस्था नभएको उनले बताए।
घडियाल गोही अहिले नेपाल र भारतमा मात्रै पाइने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र न्यौपानेले बताए । प्राकृतिक बासस्थानमा गोहीले फूल पारेर बच्चा निकाल्न असुरक्षित हुने गरेपछि निकुञ्जले नदी किनारबाट गोहीका अण्डा टिपेर निकुञ्जको प्रजनन केन्द्रमा लगेर अण्डाबाट प्रजनन गराउने र बच्चा हुर्काउने गरेको उनको भनाइ छ ।
यसरी हुर्किएका गोहीलाई छ वर्षको उमेर भएपछि प्राकृतिक बासस्थानमा लगेर छाड्ने गरिएको आचार्यले बताए । यस वर्ष पनि सयभन्दा बढी घडियालका बच्चा प्राकृतिक बासस्थानमा छाड्ने तयारी भइरहेको निकुञ्जले जनाएको छ ।
















हुम्लामा पनि डेङ्गुका बिरामी फेला
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष बुझाए ज्ञापनपत्र
विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया