ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु
मेरोन्यूज
२०७९ माघ २० गते १०:२०

झापा । शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोकिँदा शुक्रबार बिहान दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ना ३ ख ८३११ नंका चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका छन् ।
सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
उनका अनुसार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरको ना ६ ख ८८९५ नंको ट्रकलाई पछाडिबाट जाँदै गरेको ना ३ ख ८३११ नंको ट्रकले ठक्कर दिएको थियो । सोही ठक्करबाट चौधरी र सहचालकको मृत्यु भएको हो ।
सम्बन्धित
प्रतिक्रिया