मंगलबार, चैत १०, २०८२

सामसङ ग्यालेक्सी एस-२३ सिरिज फोनकाे प्रि-बुकिङ खुल्यो, कुन मोडलको कति मूल्य ?

मेरोन्यूज २०७९ माघ २० गते ११:५५

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौं । सामसङले ग्यालेक्सी एस सिरिजअन्तर्गत एस २३ अल्ट्रा, एस २३ प्लस र ग्यालेक्सी एस २३ को नेपालमा प्रिबुकिङ खोलेको छ । ग्लोबल अनावरणसँगै सामसङले नेपालमा पनि प्रि-अर्डर खुल्ला गरिएको घोषणा गरेको हाे।

सामसङ ग्यालेक्सीमा भएको सबैभन्दा एपिक क्यामेराले प्रयोगकर्ताहरूलाई उनीहरूको रचनात्मकता अन्वेषण गर्न अझ बढी स्वतन्त्रता प्रदान गर्छ। जस्तै यसले परिवर्तनकारी एआईका रुपमा नाइट्रोग्राफी भिडियो खिच्न सकिन्छ।

“नयाँ ग्यालेक्सी एस सिरिजले सामसङको अल्टिमेट प्रिमियम अनुभवलाई कसरी परिभाषित गर्छ भन्ने कुराको प्रतीक हुनेछ । सामसङले हाम्रो नयाँ ग्यालेक्सी एस-२३ सिरिजको साथमा नयाँ मापदण्ड र बारहरु सेट गर्दैछ”, सामसङका निर्देशक प्रणय रत्न स्थापितले भने, “ग्यालेक्सी एस२३ आफ्नो हातमा प्राप्त गर्न इच्छुक उपभोक्ताहरूले आज नै आफ्नो फोन प्रिअर्डर गर्न सक्नुहुनेछन् र साथमा अमेजिङ प्रिअर्डर अफरहरू पनि छनोट गर्न सक्नुहुनेछन्।”

आफ्नो मनपर्ने ग्यालेक्सी एस२३ सिरिजलाई आधिकारिक प्रिअर्डर वेबसाइट https://cms-prd.mygalaxy-nbs.com/NP-S23-Preorder/ मा दर्ता गरी प्रिअर्डर गर्न सकिने कम्पनीले जनाएको छ । साथै नजिकको सामसङ फोन स्टोरहरूमा जान सकिने छ । प्रिअर्डर अफरहरू फेब्रुअरी २२ सम्म वा स्टक रहँदासम्म मात्र मान्य हुनेछन्।

एस २३ अल्ट्राको मूल्य १२ र ५१२ जीबीमा २ लाख ९ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै १२ र २५६ जीबीमा १ लाख ९१ हजार ९९९ रुपैयाँ तोकिएको छ । एस २३ प्लसको (८ र २५६ जीबी) १ लाख ५१ हजार ९९९ रुपैयाँ र एस २३ (८ र २५६ जीबी)को मूल्य १ लाख २७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

फोन किस्ताबन्दीमा पनि किन्न सकिने सामसङ नेपालले जनाएको छ । मासिक ६ हजार ४ सय रुपैयाँबाट सुरु हुने किस्ताबन्दीमा शून्य प्रतिशत ब्याज रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार फोनमा एक वर्षका लागि एक पटकको ब्रेकेज बीमा पनि रहेको छ ।

प्रतिक्रिया