नीता ढुंगानाकाे ‘ह्रस्व दीर्घ’मा आदर्शको प्रवेश, सलोन बाहिरिए

काठमाडौं । नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’मा कलाकार हेरफेर भएका छन् । सेड्युल नमिलेको भन्दै सलोन बस्नेतले प्रोजेक्ट छाडेका छन् भने उनको ठाउँमा कमेडियन आदर्श मिश्रा भित्रिएका छन् ।
फिल्ममा आदर्शसँगै अभिनेता नरेन खड्का, लक्ष्मी पौडेल, वसिम राजासँग निर्माण टिमले सम्झौता गरेको छ । स्ट्यान्ड-अप कमेडियन आदर्शले ‘ह्रस्व दीर्घ’बाट फिल्ममा डेब्यू गर्न लागेका हुन् ।
नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा नीता ढुंगाना र हरिहर अधिकारीको मुख्य भूमिका रहनेछ । केही दिनदेखि मुम्बईमा वर्कसप चलिरहेको छ । अहिले हरिहर र नीतासहित अन्य कलाकारहरु मुम्बईमा छन् । माघ अन्तिम साताबाट भारतको हैदराबादस्थित संसारकै सबैभन्दा ठूलो रामोजी स्टुडियोमा फिल्मको छायांकन सुरु हुँदैछ । भारतपछि नेपालमा छायांकन हुनेछ ।
फिल्ममा गरिमा शर्मा, सरोज खनाल, रविन्द्र झाका साथै साउथ फिल्मबाट ‘पुष्पा’का भिलेन सुनिल वर्मा, ‘गजनी’का भिलेन प्रदीपराज रावत र अली पनि अनुबन्धित भइसकेका छन् । नेपाली र हिन्दी भाषामा एकसाथ निर्माण हुने फिल्मलाई नेपाल तथा भारतका सिनेमा हल र प्रतिष्ठित ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तयारी छ ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया