नीता ढुंगानाकाे ‘ह्रस्व दीर्घ’मा आदर्शको प्रवेश, सलोन बाहिरिए

काठमाडौं । नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’मा कलाकार हेरफेर भएका छन् । सेड्युल नमिलेको भन्दै सलोन बस्नेतले प्रोजेक्ट छाडेका छन् भने उनको ठाउँमा कमेडियन आदर्श मिश्रा भित्रिएका छन् ।
फिल्ममा आदर्शसँगै अभिनेता नरेन खड्का, लक्ष्मी पौडेल, वसिम राजासँग निर्माण टिमले सम्झौता गरेको छ । स्ट्यान्ड-अप कमेडियन आदर्शले ‘ह्रस्व दीर्घ’बाट फिल्ममा डेब्यू गर्न लागेका हुन् ।
नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा नीता ढुंगाना र हरिहर अधिकारीको मुख्य भूमिका रहनेछ । केही दिनदेखि मुम्बईमा वर्कसप चलिरहेको छ । अहिले हरिहर र नीतासहित अन्य कलाकारहरु मुम्बईमा छन् । माघ अन्तिम साताबाट भारतको हैदराबादस्थित संसारकै सबैभन्दा ठूलो रामोजी स्टुडियोमा फिल्मको छायांकन सुरु हुँदैछ । भारतपछि नेपालमा छायांकन हुनेछ ।
फिल्ममा गरिमा शर्मा, सरोज खनाल, रविन्द्र झाका साथै साउथ फिल्मबाट ‘पुष्पा’का भिलेन सुनिल वर्मा, ‘गजनी’का भिलेन प्रदीपराज रावत र अली पनि अनुबन्धित भइसकेका छन् । नेपाली र हिन्दी भाषामा एकसाथ निर्माण हुने फिल्मलाई नेपाल तथा भारतका सिनेमा हल र प्रतिष्ठित ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तयारी छ ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया