‘स्लेट’ खानीलाई वैधानिक बनाउन अध्ययन

बेनी । म्याग्दीमा रहेका ‘स्लेट’ ढुङ्गा खानीलाई वैधानिक बनाउन अध्ययन थालिएको छ । मालिका गाउँपालिकाको १, २ र ३ नं वडामा रहेका ढुङ्गाखानीलाई कानुन र करको दायरामा ल्याउन गण्डकी प्रदेश सरकारले पहल थालेको हो ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जाली ९सुविन०ले स्लेटखानीलाई वैधानिक बनाउन डिभिजन वन कार्यालय म्याग्दीमार्फत अध्ययन थालिएको जानकारी दिए ।
“घर तथा भवनमा प्रयोग हुने टायलको विकल्पमा म्याग्दीका खानीको स्लेटलाई प्रयोग गर्दा टायलका लागि बाहिरिने पुँजी रोकिने भएकाले वैधता दिलाउन अध्ययन थालिएको छ”, उनले भने, “स्थानीयले रोजगारी पाउने र राज्यको आयस्रोत बढाउन सकिन्छ ।”
वर्षौँदेखि अव्यवस्थितरूपमा सञ्चालन हुँदै आएको ढुङ्गाखानीलाई बैधता दिन अध्ययनसँगै स्थानीय तह र सङ्घीय सरकारका निकायसँग छलफल अघि बढाएको मन्त्री जुग्जालीले बताए । करिब तीन सय जना आश्रित ढुङ्गा खानीले वैैधता नपाउँदा उत्खनन भएको स्लेट निकासीमा समस्या र राज्यको आम्दानी गुमेको छ ।
मजदुरले लाभ लिने, व्यापारीलाई सास्ती र झन्झट नहुने, सरकारलाई आम्दानी हुने तथा वातावरणीय असर कम हुने गरी खानी सञ्चालनको अवधारणा अघि सारिएको छ ।
तीनवटा वडाको भूगोलमा ११ वटा स्लेट खानी छन् । त्यहाँको खानीको ढुङ्गा घर, भवन छाउन, भुइँमा बिछ्याउन प्रयोग हुन्छ । पातलो, हलुका, आकर्षक देखिने र टायलभन्दा सस्तो पर्ने भएकाले देशका विभिन्न ठाउँबाट रुमको स्लेटका माग आउने गर्छ । खानीले वैधानिकता नपाउँदा स्लेट स्थानीय उपभोगमा मात्र सीमित भएको मालिका–२ का वडाध्यक्ष उदय बुढाथोकीले बताए ।
“मालिकाको खानीको ढुङ्गाबाट छिमेकी ताराखोला गाउँपालिकाले करोडौँ राजस्व उठाएको तर म्याग्दीको बाटो भएर पोखरा–काठमाडौँ लैजाँदा लाखौँ खर्चनुपर्ने र दुःख पाउने अवस्था छ”, उनले भने, “व्यावसायिक, व्यवस्थित र वैधानिकरूपमा खानी सञ्चालन गर्न सङ्घीय, प्रदेश सरकारसँग समन्वय गरेका छौँ ।”
डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले स्थलगतरूपमा खानीको निरीक्षण गरिएको बताए । समस्या पहिचान गरी खानीलाई व्यवस्थित र वैधानिक बनाउन कानुनी, प्रक्रियागत र वातावरणीय हिसाबले अध्ययन भइरहेको उनले बताए ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया