६ वटा प्रदेशमा प्रेस युनियनका अधिवेशन सम्पन्न

काठमाडौं। लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनले ६ वटा प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न गरेको छ।
मुलुक संघियतामा गएपछि पहिलो पटक युनियनले संघिय संरचनाको अभ्यास थालेको हो। गत साउनमा सम्पन्न भएको युनियनको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति संगठन चलयमान सुदृढिकरणमा केन्द्रीत छ। संगठन सुदृढिकरण र सुद्धिकरण अभियानअन्तर्गत प्रदेश अधिवेशन भइरहेको अध्यक्ष शिव लम्सालले जानकारी दिए।
‘पत्रकारहरुको हकहितका विषय त प्राथमिकतामा पर्ने नै भए। त्योसँगै हामीले संगठन चलयमान बनाउन सुदृपढिकरण र सुद्धिकरणलाई प्राथमिकता दिएका छौं। युनियनले यसअघि संघिय संरचना बनाएको थिएन। अहिले हामी संघिय संरचनाको जग बसाउन प्रदेश अधिवेशन गरिरहेका छौं,’ लम्सालले भने, ‘६ वटा प्रदेश अधिवेशन सम्पन्न भइसकेका छन्। बागमती प्रदेशको प्रथम अधिवेशनको पूर्वसन्ध्यामा हामी छौं। बागमतीको अधिवेशन लगत्तै उपत्यका प्रदेशको अधिवेशन हुन्छ।’
मंगलबार सम्पन्न हुने बागमती प्रदेश अधिवेशनको तयारी सम्पन्न भइसकेको केन्द्रीय उपाध्यक्ष डा. मुरारी अधिकारीले जानकारी दिए। अधिवेशनको उद्घाटन कांग्रेस नेता डा. शेखर कोइरालाले गर्नेछन्। त्यसका लागि कोइराला सोमबार चितवन जाँदैछन्।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार कोइरालाले युनियनको अधिवेशन उद्घाटन अघि पार्टीका नेता–कार्यकर्तासँग सोमबार छलफल गर्नेछन्। कोइरालाले मंगलबार विहान ९ बजे युनियनको प्रदेश अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।
















रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउने मन्त्री चौधरीको प्रतिबद्धता
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया