नयाँ वर्षमा चार फिल्म कुन कुन हुन ?
काठमाडौं । नेपाली फिल्म प्रदर्शनका लागि नयाँ वर्षको मिति राम्रो मानिन्छ । यो समयमा प्रदर्शन भएका फिल्मले राम्रो व्यापार गरेका छन् । यही कारण यो मितिमा प्रदर्शनको सङ्ख्या धेरै हुने गर्छ । आउँदो नयाँ वर्षमा पनि चार फिल्मले प्रदर्शनको मिति तय गरेका छन् । ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ ले प्रदर्शनको मिति घोषणा गर्दा नेपाली बजारले धान्ने या नधान्ने बहस सुरू भएको छ ।
वितरक करण श्रेष्ठ नयाँ वर्ष नेपाली फिल्मका लागि शुभ भए पनि भीडभाडले राम्रो सङ्केत गरेको छैन । “एकआपसमा भिड्नु राम्रो होइन । सरोकारवाला संस्थाले यहाँ भूमिका खेल्नु आवश्यक छ”, वितरक श्रेष्ठले भने “दर्शकको आकर्षणमा परे अन्य समयमा पनि ऐतिहासिक व्यापार फिल्मले गरेका छन् । उदाहरणका रूपमा कबड्डी ३ र ४ लाई लिन सकिन्छ ।”
वितरक श्रेष्ठले भने झैँ कबड्डी को तेस्रो शृङ्खला सोह्र श्राद्धमा र चौथो शृङ्खला जेठमा प्रदर्शन भएका थिए । विगत केही वर्ष अगाडि फर्किने हो भने तीज, दसैँ, तिहारसमेतमा राम्रो व्यवसाय गरेको पाइन्छ । “अन्य समय फिल्म नचलेको भएकाले पनि निर्माता निर्देशकले नयाँ वर्षमा फिल्म थुपारेका हुन्”, फिल्म निर्माता, प्रदर्शक छविराज ओझाले भने । नयाँ वर्षमा दर्शक मनोरञ्जन खोज्दै हलसम्म पुग्छन् भन्ने विश्वास निर्माता, निर्देशकमा देखिन्छ । वितरक तथा प्रदर्शक गोपाल कायस्थ प्रदर्शनको मितिभन्दा पनि कन्टेन्टमा ध्यान दिन निर्माता तथा निर्देशकलाई सल्लाह दिनुहुन्छ । “दर्शक हलसम्म आउने मिति मात्र नभई हलसम्म तान्ने फिल्म बनाउन सक्नुपर्छ”, वितरक कायस्थले भने ।
नयाँ वर्षमा प्रदर्शन तय भएको फिल्म ‘बिहे पास’ का निर्मातासँगै वितरकसमेत रहेका रोहित कट्टेलले खाली मितिमा प्रदर्शन घोषणा गरिएको बताए । “मैले कसैसँग भिडन्त गरेको होइन । खाली मितिमा अहिले चार फिल्म घोषणा भइसकेको छ । यसले राम्रो नतिजा दिँदैन”, उनले ।















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया