शुक्रबार, वैशाख १८, २०८३

टर्कीमा ७.८ रेक्टर स्केलको भुकम्प

मेरोन्यूज २०७९ माघ २३ गते ९:१२

काठमाडौं । टर्कीको दक्षिणपूर्वी क्षेत्र गाजियनटेपमा शक्तिशाली भूकम्प गएको छ । सिरियाको सिमाना नजिक रहेको गाजियनटेपमा स्थानीय समय अनुसार बिहान ४ः१७ मा १७.९ किलोमिटर (११ माइल) गहिराईमा .।८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ।

Advertisement
NiccNicc

भुकम्प भएको केही समयपछि टर्कीमा शक्तिशाली परकम्पहरूसमेत महसुस गरिएको थियो । पहिलो भूकम्प गएको ११ मिनेटपछि ९।९ किलोमिटर गहिराइमा ६.७ म्याग्निच्युडको अर्को भूकम्प गएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् ।

भूकम्पको धक्का राजधानी अंकारा र टर्कीका अन्य सहरहरू र यस क्षेत्रमा पनि महसुस गरिएको थियो।भुकम्पका कारण धेरै भवनहरू ध्वस्त भएको र धेरै मानिसहरु फसेको हुनसक्ने बताइएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया