चीनले बनायो दिनमा १४० लिटर दूध दिने ‘सुपर काउ’

चीनले विज्ञान र प्रविधिको क्षेत्रमा निरन्तर आविश्कार प्रयोग गरिरहेको हुन्छ । हालै चिनियाँ वैज्ञानिकहरूले क्लोनिङमार्फत तीनवटा ‘सुपर काउ’ तयार गरेको दाबी गरेका छन् । यी गाईले जीवनभर १०० टन अर्थात २ लाख ८३ हजार लिटर दूध दिन सक्छन् ।
सञ्चारमाध्यमका अनुसार तीनवटै गाईको प्रजनन नर्थवेस्ट युनिभर्सिटीका वैज्ञानिकहरूले गरेका हुन् । यी बाछाहरू गत दुई महिनामा निङ्जिया क्षेत्रमा जन्मिएका हुन्। यी सबै नेदरल्याण्ड्सबाट आएको होल्स्टेन फ्रिजियन गाईका क्लोन हुन्।
क्लोनिङ भनेको के हो ?
क्लोनिङ भनेको एक जीवबाट अर्को जीवमा अलैंगिक रूपमा जीव सिर्जना गर्ने प्रक्रिया हो। सरल भाषामा, वैज्ञानिकहरूले जनावरको डीएनए लिन्छन् र यसको मद्दतले जनावरको रुप तयार गछर्न। वैज्ञानिकहरूले आफ्नो सुविधा अनुसार यिनको जीन परिवर्तन गर्छन्, ताकि सामान्य जनावर भन्दा धेरै शक्तिशाली जनावरहरू बनाउन सकुन्।
चीनले कसरी तयार गर्यो गाईको क्लोन ?
आयोजना प्रमुख जिन यापिङले सबैभन्दा पहिले राम्रो जातका गाईको कानबाट सेल्स (कोशिका) निकालिएको बताए । त्यसपछि यीबाट भ्रूण तयार गरी १२० गाईमा प्रत्यारोपण गरियो। तीमध्ये ४२ प्रतिशत गाई गर्भवती भए । हाल तीनवटा सुपर गाई जन्मिसकेका छन् भने आगामी केही दिनमा १७।५ प्रतिशत बाछा जन्मन सक्नेछन् ।
एउटा सुपर गाईले वर्षमा १८ टन दूध दिनेछ
वैज्ञानिकहरुका अनुसार एउटा सुपर गाईले वर्षमा १८ टन (१६.३ हजार लिटर) दूध दिने क्षमता राख्छ । यो अमेरिकाको सामान्य गाई भन्दा १.७ गुणा बढी हो । आगामी २–३ वर्षमा चीनमा एक हजार सुपर गाई उत्पादन हुने यापिङले बताए । यसबाट डेयरी उद्योगले बढी फाइदा लिन सक्नेछन् । हाल चीनमा हरेक १०,००० गाई मध्ये ५ वटा मात्र आफ्नो जीवनकालमा १०० टन दूध दिन सक्षम छन्। यसबाहेक मुलुकमा ७० प्रतिशत दुग्ध गाई आयात हुने गरेको छ ।
चीनले जनावरको क्लोन गरेको यो पहिलो पटक भने होइन। गत वर्ष चिनियाँ वैज्ञानिकहरूले विश्वको पहिलो क्लोन आर्कटिक ब्वाँसो बनाएका थिए। २०१७ मा, चीनले जनावरहरूमा क्षयरोगलाई हराउन सक्ने गाईवस्तुहरू क्लोन गर्यो। यो प्रविधिमा अमेरिकालगायत धेरै विकसित देशमा पनि काम भइरहेको छ ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन
‘जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट दिने हो’
कैलाली-कञ्चनपुरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया