यूएसएआईडी प्रमुख सामन्था पावर नेपाल आउँदै

काठमाडौँ । अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावर आज नेपाल आउँदै छन्।
सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट नेपालमा आउन लागेकी पावर उच्च अधिकारी हुन् । पावरक्याबिनेट स्तर अधिकारी हुन् । उनी राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत हुन् ।
युएसएडले गत बुधवार विज्ञप्तिमार्फत जनाए अनुसार पावरले नेपालको सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिनेछिन् । उनले नेपालको नागरिक समाज, सामुदायिक समूहहरू, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीहरूसँग भेटेर लोकतान्त्र, समृद्धि र समावेशीका लागि भइरहेका प्रयास र उपलब्धिहरूबारे छलफल गर्नेछिन् ।
पावरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेट्ने कार्यक्रम रहेको युएसएडले जनाएको छ।
















कीर्तिपुरमा युवकको हत्या
उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
११ सहसचिवको सरुवा, काे कहाँ? (सूचीसहित)
झापामा कलेज बस दुर्घटना हुँदा ४ जना घाइते
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया