इजरायली सेनाको आक्रमणमा किशोरको हत्या

इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसमा मङ्गलबार एक प्यालेस्टिनी किशोरको गोली हानी हत्या गरेको प्यालेस्टिनी स्वास्थ्यमन्त्रालयले जनाएको छ ।
मन्त्रालयले १७ वर्षीय हमजा अमजद अल–अश्कारको मृत्यु भएको घोषणा गरेको छ । उनलाई ‘नाब्लसमा आक्रमणको क्रममा कब्जा गर्ने (इजरायली) सैनिकले अनुहारमा गोली हानेर मारेको जनाइएको छ ।
इजरायली सेनाले घटनाको विवरण अनुसन्धान गरिरहेको बताएको छ । सहरमा इजरायली छापा मार्दा तीन जनालाई पक्राउ गरिएको एक प्यालेस्टिनी सुरक्षा स्रोतले जनाएको छ ।
अलगरूपमा, आधिकारिक प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जेनिनको फ्ल्यासपोइन्ट शहरनजिकैको बुर्किनमा करिब २० प्यालेस्टाइनीलाई पक्राउ गरिएको बताएको छ । हालैका महिनामा वेस्ट बैंकका शहरमा इजरायली आक्रमणहरूबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।
गत सोमबार, इजरायली सेनाले जोर्डन उपत्यकाको जेरिको शहरमा संदिग्ध व्यक्तिको खोजीपछि छापा मारेर पाँच संदिग्ध प्यालेस्टिनी बन्दुकधारीलाई मारेको जनाइएको छ । यस वर्षको सुरुदेखि हालसम्म इजरायल–प्यालेस्टाइन द्वन्द्वले ४२ प्यालेस्टाइनीहरूको ज्यान लिइसकेको छ ।
सन् १९६७ को छ दिने युद्धपछि इजरायलले वेस्ट बैंक कब्जा गरेको थियो । सन् २००५ मा संयुक्त राष्ट्रसङ्घले उक्त क्षेत्रमा हताहतीको तथ्याङ्क लिन थालेयता गत वर्ष वेस्ट बैंकमा सबैभन्दा घातक वर्षको रुपमा रहेको जनाइएको छ ।
त्यहाँ दुई सय ३५ जनाको मृत्यु भएको र यसमा लगभग ९० प्रतिशत प्यालेस्टाइनतर्फको रहेको थियो ।
















सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया