डिल्लीराम खनालविरुद्ध करिश्माले हालिन् प्रहरीको साइबर ब्युरोमा उजुरी

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले डिल्लीराम खनालविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । आफ्नो मानमर्दन हुने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै मानन्धरले प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरेकी हुन् । ब्युरोका प्रवक्ता पशुपतिकुमार रायका अनुसार करिश्माले दिएको उजुरी मंगलबार दर्ता भएको छ ।
विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारवाहीको माग गर्दै करिश्माले उजुरी दिएको प्रवक्ता रायले जानकारी दिए । करिश्माले फेसबुकमार्फत पनि उजुरी दिएको जानकारी गराएकी छन् ।
युट्युबमा विभिन्न अन्तर्वार्ता दिएर भाइरल बनिरहेका खनालले करिश्मा लिभिङ टुगेदर बसेको भन्दै युट्युबमा अन्तर्वार्ता दिएका थिए । उनको यो अभिव्यक्ति टिकटकमा समेत भाइरल बनिरहेको छ ।
‘प्रेम दाइ, भन्नुस् म कसरी बसेको थिएँ रु लिभिङ टुगेदर ?’ लेख्दै करिश्माले फेसबुकमा आक्रोश समेत व्यक्त गरेकी छन् ।









स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै
जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया