बिहान ५ः३० बजे पर्यटनमन्त्री किराती त्रिभुवन विमानस्थल अनुगमनमा

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बिहानै ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।
बिहीबार बिहानै विमानस्थल पुगेका मन्त्री किरातीले विमानस्थल सरसफाई गर्ने मदजुरको सामाजिक सञ्जाल फेसबुकमा तारिफ गर्दै लेखेका छन्, ‘दिनरात चौविसै घण्टा खटेर देशको अनुहार (एयरपोर्ट) सफा बनाउने मजदूर (ब्युटिसियन)हरूलाई हार्दिक धन्यवाद ।’
उनले विमानस्थलको अवस्थामा आंशिक सुधार हुँदै आएको र पूर्ण सुधार हुने आशा आफूले राखेको पनि उल्लेख गरेका छन् । ‘आंशिक सुधार हुँदैछ, आशा गरौं पूर्ण सुधार हुने नै छ। एयरपोर्ट मात्र होइन एक दिन यो देश नै सफा हुनेछ,’ मन्त्री किरातीले फेसबुकमा लेखेका छन् ।
मन्त्री किरातीले विमानस्थलको भित्री र बाहिरी कक्ष, शौचालय, आगमन कक्षको अवलोकन गर्दै व्यवस्थित र सुरक्षित राख्न निर्देशन दिएका थिए ।
















29 dead, 190 injured in six months in Sarlahi
HoR election: 1,442 employees to be deployed in Baitadi
दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन् : अध्यक्ष ढकाल
32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
प्रतिक्रिया