बुधबार, वैशाख २३, २०८३

भारतका विदेश सचिव क्‍वात्रा सोमबार नेपाल आउँदै

मेरोन्यूज २०७९ माघ २७ गते १०:००

काठमाडौँ । भारतका विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रा तीन दिने भ्रमणका लागि सोमबार नेपाल आउँदैछन् । नेपालका परराष्ट्रसचिव भरतराज पौड्यालको निमन्त्रणमा क्वात्रा नेपाल आउन लागेका हुन् ।

Advertisement
NiccNicc

राष्ट्रपति निर्वाचन नजिकिएका बेला हुन लागेको उनको भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

पौडेलले परराष्ट्रसचिव पौड्यालसहित परराष्ट्रमन्त्री विमला राई पौड्याल, राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट गर्ने नेपालस्थित भारतीय राजदूतावास स्रोतले जानकारी दियो । परराष्ट्र स्रोतले पनि विदेश सचिव क्वात्रा आउने कुरा रहेको बतायो ।

विदेश सचिव क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारत भ्रमणको निम्तो दिनेसमेत बुझिएको छ ।

प्रतिक्रिया