खेलकुदको विकासका लागि स्थानीय सरकारले ५ वर्षे योजना बनाउन जरुरी : महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले खेलकुदको विकासका लागि स्थानीय सरकारले आवश्यक पहल गर्नुपर्ने बताएका छन् ।
शनिवार गोदावरी नगरपालिकाद्वारा आयोजित दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
थापाले स्थानीय सरकारसँगै राम्रोसँग निजी क्षेत्रले सहयोग र साथ दिएमा खेलकुदको विकास हुन समय नलाग्ने बताएका हुन् । उनले नेपालमा खेलकुदमा पनि जीवन छ भनेर भन्न लायक बनाउनुपर्ने बताए ।
उनले स्थानीय सरकारले आफूले खेलकुदको विकासका लागि ५ वर्षमा गर्नसक्ने योजना बनाएर नै खेलको विकास गर्न जरुरी रहेको बताए । कांग्रेस महामन्त्री थापाले राजनीति पेशा नभइ सेवा भएबाले कसैलाई पनि मानवता ठूलो लाग्ने व्यक्तिले राजनीति गर्नु सबैभन्दा उचित हुने बताए ।
‘नेपालको राजनीतिमा राजनीति पेशा होइन, राजनीति सेवा हो । कसैलाई पनि मानवता एकदमै ठूलो लाग्छ भने त्यसको लागि राजनीति उच्चतम कदम हो । बोलेको कुरालाई व्यवहारमा उतार्ने कुरा मुख्य हो । नेपालको राजनीतिमा कृष्णप्रसाद भट्टराईलाई कसैसँग तुलना गर्न मिल्दैन । यस्तो व्यक्तिलाई सम्झिएर यत्रो जीवनीका बारेमा नयाँ जेनेरेशनको व्यक्तिहरुलाई बुझाउन जरुरी छ । कृष्णप्रसाद भट्टराई जस्तो मानिसको बारेमा नयाँ जेनेरेशनको बारेमा बुझाउन जरुरी छ । त्यो पनि खेलको मार्फतबाट । स्थानीय सरकार यसमा लागेको छ यो एकदमै राम्रो हो,‘ थापाले भने, ‘हाम्रो स्थानीय सरकारले नै यस्ता खेलकुदको विकासका लागि कुरा उठाउनु पर्छ । स्थानीय सरकारसँग ५ वर्षमा के गर्छु भन्ने योजना बनाउनु पर्छ । स्थानीय सरकारसँगै राम्रोसँग निजी क्षेत्रले सहयोग गर्नुपर्छ । अहिलेको सहयोगले मात्रै पुग्दैन । खेलकुदमा करियर सम्भव छ, मेरो सपना फुटबल खेलाडी बन्ने थियो । मेरो पहिलो पटक पत्रिकामा नाम आएको फुटबल खेलमा गोल हानेर हो । खेलकुद विकास गर्न स्थानीय तह पनि लाग्नुपर्छ । स्थानीय सरकारसँग ५ वर्षको सोचाइ बनाउनु पर्छ । अब हामीलाई निजी क्षेत्रले पनि खलेकुदमा उत्कृष्ट सहभागिता हुनुपर्छ । खेलकुदमा करियर सम्भव छ ।’
महामन्त्री थापाले आफ्ने खेलाडी बन्ने सपना रहेको सुनाउँदै दशरथ रंगशालामा गोल हानेपछि पहिलो पटक पत्रिकामा आफ्नो नाम छापिएको स्मरण गरे । उनले खेलकुदको माध्यमबाट स्व.कृष्णप्रसाद भट्टराई जस्ता नेताहरुको बारेमा नयाँ पुस्तालाई बताउन जरुरी रहेको बताए ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया