दृष्टिविहीन क्रिकेट प्रतियोगितामा मधेस प्रदेश प्रदेश विजयी

पर्सा । प्रदेशस्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगितामा मधेस प्रदेशको मधेस प्रदेश नेत्रहीन क्रिकेट सङ्घ विजयी भएको छ । वीरगञ्जको नारायणी रङ्गशालाको क्रिकेट मैदानमा आयोजित प्रतियोगिताको आज भएको फाइनल खेलमा गण्डकी प्रदेशको गोरखा नेत्रहीन क्रिकेट सङ्घलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै मधेस प्रदेश विजयी भएको हो ।
प्रतियोगिताको म्यान अफ दी म्याच मधेस प्रदेशकी उजेली चौधरी र म्यान अफ द सिरिज मधेस प्रदेशका नवीन तामाङ घोषित भएका हुन् । आजको फाइनल प्रतियोगितामा ७८ रनको लक्ष्य रहेकामा मधेस प्रदेश नेत्रहीन क्रिकेट सङ्घले ९ दशमलव ४ ओभर खेल्दै मात्र १ विकेटको नोक्सानीमा पूरा गर्दै उपाधि जितेको हो । त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको गण्डकी प्रदेशको गोरखा नेत्रहीन क्रिकेट सङ्घले १८ दशमलव ३ ओभरमा अलआउट हुँदै ७७ रन मात्र बनाएको थियो ।
उपाधिसँगै मधेस प्रदेशको मधेस प्रदेश नेत्रहीन क्रिकेट सङ्घले नगद रु ३० हजार, मेडल र ट्रफी हात पारेको छ भने उपविजेता गण्डकी प्रदेशको गोरखा नेत्रहीन क्रिकेट सङ्घले भने नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गरेको हो । दृष्टिविहीन खेलाडीको आत्मबल तथा आत्मविश्वास बढाउनुका साथै उनीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना प्रतियोगितामा चारवटै प्रदेशका गरी १६ महिलासहित ६० जना दृष्टिविहीन खेलाडीले भाग लिएका थिए ।
नेपाल नेत्रहीन क्रिकेट सङ्घ र मधेस प्रदेश नेत्रहीन क्रिकेट सङ्घको संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको प्रतियोगितामा चार प्रदेशका टिमले भाग लिएका थिए । प्रतियोगितामा सात वटै प्रदेशलाई आमन्त्रण गरिए पनि प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश गरी चार प्रदेशले मात्र भाग लिएको नेपाल नेत्रहीन क्रिकेट सङ्घका कार्यक्रम संयोजक महेश साहले जानकारी दिए ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया