विवाहेत्तर सम्बन्ध सार्वजनिक हुनेवित्तिकै नगरप्रमुखको राजीनामा

काठमाडौं । क्यानडेली शहर टोरन्टोका प्रमुख जोन टोरीले कर्मचारीसँगको आफ्नो विवाहेत्तर सम्बन्धलाई लिएर राजीनामा दिएका छन् । विवाहित उनले कर्मचारीसँगको नाजायज सम्बन्धलाई स्वीकार गर्दै राजीनामा दिएका हुन् ।
शुक्रबार अबेर पत्रकार सम्मेलन गरेर उनले महामारीका बेला आफूले एक जना कर्मचारीसँग सम्बन्ध कायम गरेको तथा नगरप्रमुखका निम्ति त्यो काम शोभनीय नभएकाले पदबाट राजीनामा गरेको बताए । आफ्ना गल्ती मनन गर्न तथा परिवारको विश्वास पुनःआर्जन पनि आफूले पदबाट राजीनामा गरेको उनले बताए । टोरन्टो स्टारले उनको नाजायज सम्बन्धसम्बन्धी समाचार प्रकाशन गरेको एक घण्टा पछि उनले पदत्याग गरेका हुन् ।
विवाहभन्दा बाहिरको आफ्नो त्यो सम्बन्धलाई गम्भीर त्रुटीका रुपमा स्वीकार गर्दै ६८ वर्षीय टोरीले टोरोन्टोका जनता, आफ्ना सहकर्मी, श्रीमती र परिवारसँग क्षमा याचना गरेको पत्रकारहरूलाई बताए । पारस्परिक सहमतिमा विवाहभन्दा बाहिरको सम्बन्धलाई अन्त्य गरेको तथा त्यससम्बन्धमा शहरका सम्बन्धित अधिकारीलाई जानकारी दिएको उनले बताए । तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका टोलीले चार महिना नपुग्दै पदबाट राजीनामा दिएका हुन् ।
















‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया