आज कुन मुद्राकाे विनिमय दर कति ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा कायम गरिएको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३२ पैसा थियो। यो मूल्य अघिल्लो दिनको भन्दा २ पैसा बढेको हो।
आईतबार युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ ९५ पैसा र बिक्रीमा १४१ रूपैयाँ ५९ पैसा पाइन्छ। शुक्रबार युरो एकको खरिदमा भने १४१ रूपैयाँ ९४ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५९ पैसामा खरिदबित्री भएकाे थियाे । यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैयाँले घटेको हो।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रूपैयाँ ५० पैसा र बिक्रीदर १६० रूपैयाँ २३ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ २३ पैसा र बिक्रीमा ९१ रूपैयाँ ६४ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ९४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३९ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ११ पैसा र बिक्रीमा ३६ रूपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ १० पैसा र बिक्रीदर ३५ रूपैयाँ २७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रूपैयाँ २ पैसा, मलेसियन रिंगिट एकको खरिदमा आईतबार ३० रूपैयाँ ४० पैसा र बिक्रीमा ३० रूपैयाँ ५४ पैसा ताेकिएकाे छ ।
युसैगरी कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ७० पैसा र बिक्रीमा ४३२ रूपैयाँ ६६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ४० पैसा र बिक्रीदर ३५० रूपैयाँ ९९ पैसा तोकिएको छ।










नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सेयर बजार २४ अंकले ओरालो
एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक २०२६’
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया