बुधबार, वैशाख २३, २०८३

टर्की भूकम्पः ३४ हजारभन्दा बढीको मृत्यु, हिंसा बढेपछि फर्कियाे तीन देशकाे उद्धार टोली

मेरोन्यूज २०७९ फागुन १ गते ११:५७

टर्की र सिरियामा आएको भूकम्पले खतरनाक विनाश निम्त्याएको छ । यी दुई देशमा हालसम्म ३४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ ।

Advertisement
NiccNicc

यसैबीच सिरियाको सीमामा धेरै देशका उद्धार टाेली स्वदेश फर्किएका छन् । आइतबार इजरायलले सुरक्षा कारण देखाउँदै आफ्नो टोली हत्जाला समूहलाई आपतकालीन उडानबाट फिर्ता बोलाएको थियो। यसअघि जर्मनी र अस्ट्रियाले पनि टर्कीबाट उद्धारकर्ता फिर्ता लिएका थिए ।

वास्तवमा, इजरायल लगायत धेरै देशका गुप्तचर एजेन्सीहरूले टर्कीको सीमामा विभिन्न समूहहरूबीच हिंसात्मक झडप हुने जानकारी प्राप्त गरेका छन्। जसका कारण त्यहाँ पुगेका उद्धारकर्मीको ज्यान जोखिममा परेको छ । जर्मन उद्धार टोलीले पनि गोलीबारी भइरहेको जानकारी दिएको छ ।

यसै क्रममा आइतबार राति टर्कीको कहरामनमारासमा ४.७ म्याग्नीच्युडको अर्को भूकम्प गएको छ । टर्कीमा गत फेब्रुअरी ६ मा गएको भूकम्पपछि लगातार पराकम्पन आउन थालेपछि मानिसहरु चिन्तित भएका छन् ।

प्रतिक्रिया