नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिवले आज पनि राजनीतिक भेटवार्ता गर्ने

काठमाडौं । नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन सोमबार नेपाल आइपुगेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले मंगलबार पनि राजनीतिक भेटवार्तालाई निरन्तरता दिँदैछन् ।
सोमबार सरकारी उच्च पदस्थ अधिकारी र केही राजनीतिक दलका अध्यक्षलाई भेटेका विदेश सचिव क्वात्राले मंगलबार पनि राजनीतिक दलका नेतृत्वलाई भेट्ने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
उनले आज आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतलगायतलाई भेटने कार्यक्रम तय भएको दूतावासले जनाएको छ ।
सोमबार सचिवस्तरीय बैठकमा सहभागी भएपछि समकक्षी परराष्ट्रमन्त्री विमला राई पौडेल, राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए ।
















गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया